विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सम्पन्न परिषदको बैठकले बाढीपहिरोले पूर्ण क्षति पुर्याएका परिवारलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो ।कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार २० वटा घरमा पूर्ण क्षति भएको र अन्य विवरण आउन बाँकी रहेको छ ।
बैठकले जलवायु परिवर्तनका असरले नेपालमा बेमौसमी असर भोग्नुपरेको निष्कर्ष निकाल्दै तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि देशव्यापी रुपमा खटिने निर्णय गरेको छ ।
केही दिनयताको अविरल वर्षाका कारण ४८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन् । यस्तै, भित्र्याउने तयारीमा रहेको धानलगायत बाली वर्षा, बाढी र पहिरोले नष्ट बनाएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।