• स्वास्थ्य सामाग्री लिएर जहाज काठमाडौँ आयो

  • काठमाडौँ । चीनबाट ल्याएको अक्सिजन सिलिन्डर सहितको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । नेपालको आकाशमा होल्डपछि ३ बजे प्रवेश गरेको जहाज ४ बजे मात्र अवतरण गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

    गत साता राति चीनको बेइजिङमा गएको वाइडबडी आज मंगलबार साढे २ बजे अवतरण गर्नुपर्नेमा विमानमा कुनै समस्या नभएपनि सुरक्षाका लागि १ घण्टा होल्डिङ गरेको विमानस्थलले जनाएको छ । ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर जहाज मार्फत ल्याइएको हो ।
    चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने प्रतिबद्धता जनाएनुसार पहिलो पटक ४ सय सिलिन्डर ल्याइएको अरु केही दिनमा आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिईन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय