• एकीकृत समाजवादीले गर्‌यो केन्द्रीय कमिटी विस्तार

  • नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी विस्तार गर्दै कार्यविभाजनको टुंगो लगाएको छ । असोज २८ गते जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

    जसअनुसार पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, प्रदिप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    नेकपा एसले संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा गरेको छ। यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस