• लोकसेवा आयोगलाई गाली गर्ने आवेदक परे कालोसूचीमा

  • प्रदेश–२ को लोक सेवा आयोगलाई गालीगलौज गर्ने आवेदक कालोसूचीमा परेका छन् ।

    आयोगका अनुसार महोत्तरी बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।आयोगका अनुसार झाले इमेलमार्फत सोधपुछ गर्ने क्रममा गाली गलौजयुक्त शब्द प्रयोग गरेका थिए ।

    असोज ६ मा बसेको आयोगको बैठकले झालाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ । यस अवधिमा झा आयोगका कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस