• साफ फाइनलः भारतविरुद्ध नेपालको सुरुवाती ११ मा तीन परिवर्तन

  • साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध खल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । नेपालका कोचले सुरुवाती ११ मा ३ परिवर्तन गरेका छन् ।

    आयुष घलान र अन्जन विष्ट सुरुवाती ११ मा छैनन् । यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन् । अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका भारतविरुद्धको खेल गुमाएका हुन्

    नेपालको सुरुवाती ११ मा किरण चेम्जोङ, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।

    अहिले भारतविरुद्ध नेपाली मैदानमा उत्रिएको छ ।नेपालले बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो ।

    पछिल्लो लिगको खेलमा नेपालले भारतसँग १–० गोलको हार बोहोरेको थियो । आज नेपाललाई अघिल्लो हारको बदला लिँदै उपाधि रक्षा गर्ने अवसर छ ।

    आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय