• आजदेखि देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

  • शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको प्रभावले मौसम बदली हुने भएको हो ।

    हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
    आज प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि देशका अन्य भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाकाअनुसार प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस