साफ च्याम्पियनसिपको फाइनलमा खेल आज उपाधिका लागि नेपाल भारतसँग भिड्दै छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेलमा आज पौने ९ बजेबाट हुने छ । नेपालले बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो ।
पछिल्लो लिगको खेलमा नेपालले भारतसँग १–० गोलको हार बोहोरेको थियो । आज नेपाललाई अघिल्लो हारको बदला लिँदै उपाधि रक्षा गर्ने अवसर छ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो ।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेकाे भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेकाे छ भने ५ खेल बराबरी खेलेकाे छ । दुई खेलमा भने नेपाल विजयी भएकाे छ । यसै प्रतियाेगिताकाे लिग चरणकाे खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेकाे थियाे ।
आजको खेलमा भारतका मुख्य प्रशिक्षक इगोल इस्टिमच खेल मैदानमा उपस्थित हुनेछैनन्। उनले पछिल्लो खेलमा रातो कार्ड पाएपछि उनी खेलपछिको पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन् ।
त्यस्तै, भारतका महत्वपूर्ण खेलाडी सुबासिस बोसले पनि पछिल्लो खेलमा रातो कार्ड पाएका थिए । आजको खेलमा उनी पनि हुने छैनन् ।
जारी साफमा नेपालको तर्फबाट दुई गोल गरेका अञ्जन विष्टले प्रतियोगितामा दुई यल्लो कार्ड पाएका छन् । त्यसको सजायवापत उनले पनि आजको खेलमा नेपाली टिमबाट खेल्न पाउने छैनन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।