• देशभर थपिए ७९२ संक्रमित, १४ जनाको मृत्यु

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार ७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ भने ११ हजार २५७ जनाको मृत्यु भएको छ। हालसम्म ७ लाख ७७ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार ४५९ जना होम आइसोलेसनमा छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ३०६ जना आईसीयू र १०२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय