एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ ।
उनीबीच युक्रेनका विषयमा कुराकानी भएको रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
सो फोनवार्ताका क्रममा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको हिंसाको अन्त्यका लागि कुराकानी भएको विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनका कतिपय स्थानमा पछिल्लो समयमा हिंसात्मक घटनाहरू भइरहेका छन्।
युक्रेनको हिंसा रोक्न भन्दै सन् २०१५ मा मिन्स्क सम्झौताका भएको थियो । तर सो सम्झौतापछि पनि हिंसा रोकिएको छैन ।
पछिल्लो केही समययता द्वन्द्व चर्किएको छ । यसबाट कैयौं नागरिक विस्थापित भएका छन् ।
पछिल्ला दिनको सो आन्तरिक द्वन्द्व रोक्न उनीहरुबीचमा आवश्यक छलफल र परामर्श भएको बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।