![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ सङ्क्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । देशभर सक्रिय सङ्क्रमित १४ हजार ७८७ जना रहेका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० वटा रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ ।
नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ ।
आज एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)