• गण्डकीमा मन्त्रिपरिषद विस्तार, दोबाटे बने विनाविभागीय मन्त्री

  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    उनले मन्त्रिपरिषद विस्तार गर्दै सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई विना विभागीयमन्त्री नियुक्त गरिएको पत्र सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको कार्यालय पठाइएको छ । प्रदेश प्रमुखका कार्यालयले डोबाटेको सपथ साँझ ५ बजे गराउने तयारी गरेको छ ।

    गत साउनमा मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा अन्तिममा आएर उनको नाम काटिएको थियो ।
    उनको स्थानमा पोखराका व्यापारी बिन्दुकुमार थापालाई ल्याइएको थियो। जसका कारण मुख्यमन्त्री र उनको दल नेपाली कांग्रेसको चर्को आलोचना भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस