![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/05/Accident.jpg)
चितवन। भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ ।
चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।
बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय