काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री ओली संसदमा संविधानको धारा १०० अनुसार मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।
विश्वासको मतको पक्षमा जम्मा ९३ मत मात्रै परेपछि ओलीले संसदबाट विश्वासको मत गुमाएका हुन् । विश्वासको मतको विपक्षमा १२४ मत परेको छ भने १५ मत तटस्थमा परेको छ ।
संसदमा जम्मा २३२ जना सांसदको उपस्थिति रहेको थियो । विश्वासको मत नपाएपछि ओली स्वतः पदमुक्त भएका छन् । अर्को सरकार नबनेसम्म अब ओली नेतृत्वको सरकार कामचलाउको हैसियतमा रहनेछ ।
विश्वासको मतका लागि १३६ मत आवश्यक थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद भए पनि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।