• ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • सुनसरी। सुनसरीको दुहबी नगरपालिका–३ मा ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कोसी राजमार्गअन्तर्गत एनएल ०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय