• महत्त्वपूर्ण नेताहरु मन्त्री बन्नबाट छुटे, पार्टीमा उचित जिम्मेवारी दिन्छु : देउवा

  • प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महत्त्वपूर्ण नेताहरु मन्त्री बन्नबाट छुटेको बताएका छन् ।

    शनिबार बिहान बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला: शताब्दी सन्दर्भ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले सकेसम्म सबैलाई समेटेर लैजान खोजेको भए पनि गठबन्धन दलहरुबीच सहमति बनाउँदा केही महत्त्वपूर्ण साथीहरुलाई मन्त्री बनाउन नसकेको बताएका हुन् ।

    कांग्रेसको एकल सरकार नभएको भन्दै उनले गठबन्धका सबै दललाई उस्तै समस्या परेको बताए । कांग्रेसमा मात्र नभएर गठबन्धनका अन्य दलमा पनि मन्त्री चयन गर्दा महत्त्वपूर्ण साथी छुटेको उनको भनाइ थियो ।

    उनले नेताहरु छुटेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने आश्वसन पनि दिए । प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस