• जसपाले प्रधानमन्त्रीलाई बुझायो मन्त्री बन्ने चार नेताको नाम

  • जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम छानेका हुन् ।

    जसपाले रेणु यादव, रामसहायप्रसाद यादव, प्रमोद साह र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए । उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको उनको भनाइ छ ।

    जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने सत्तारूढ गठबन्धनमा सहमति भएको छ ।

    प्रधानमन्त्री देउवाले आज नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । जसका लागि उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय