• नेपाल पक्षको फेरी ढुलमुले निर्णय, मतदान प्रकियामा भाग नलिने

  • एमालेको माधव नेपाल पक्षले फेरी ढुलमुले निर्णय लिएको छ । यसअघि राजीनामा दिने निष्कर्श निकालेकोमा आइतबार साझ १३ घण्टे अल्टिमेटम दिउको थियो । तर अल्टिमेटम टरेको र पार्टी अध्यक्षले सम्बोन नगरेको अस्थामा बैठकमा अनुपस्थित नहुने निर्णय लिएको हो ।

    प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपालपक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो ।

    सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे स्थायी कमिटीले अन्तिम निर्णय गर्ने बताइएको छ । यसो भएपछि नयाँ सरकार गठन हुन समस्या पर्ने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस