एप्पलले प्रयोगकर्ताको गोपनीयताका लागि एप ट्रयाकिङ ट्रान्सपरेन्सी टुल ल्याएकाे छ । एप्पलले हालै आईओएस १४.५ जारी गरेको हो । यसमा अनलाइनबाट मानिसहरुलाई अनुमतिबिना ट्रयाकिङ गर्ने एप र वेबसाइटलाई स्वीकार्न वा बेवास्ता गर्न यो फिचर ल्याइएकाे छ ।
एन्ड्राेइडमा यस्ताे टुलकाे विकास भएमा मानिसहरुको चाहना ट्रयाक गरी विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई अप्ठ्याराेमा पार्ने विश्लेषण गरिएकाे छ ।
हाल कतिपय एपहरुले प्रयोगकर्ताको गोपनीयतामा निगरानी राखेको र विभिन्न विज्ञापनमार्फत् गोप्य सूचना संकलन गरिरहेको गुनासो बढिरहेको छ ।
गुगल आफैंमा डिजिटल विज्ञापनका लागि कहलिएको कम्पनी हो । यसले विज्ञापनमार्फत् एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताबाट अर्बौं रकम कमाइरहेको जनइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।