• सर्वोत्तम सिमेन्ट सेयर खरिद विवादमा मुछिएका भीष्मराज ढुङ्गाना बर्खास्त

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बर्खास्त गरेको हो ।

    यसअघि असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनले आइतबार स्पष्टीकरण बुझाएका थिए । तर, उनको जवाफमा चित्त नबुझेपछि सरकारले उनलाई बर्खास्त गरेको हो ।

    उनी सर्वोत्तम सिमेन्ट सेयर खरिद विवादमा मुछिएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय