• तीन वर्षअघि फर्किन ओलीलाई १३ घन्टा

  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले २ जेठ, २०७५ को अवस्थामा पार्टीलाई फर्काउन अध्यक्ष केपी शर्मा ओलीलाई १३ घन्टा समय दिएको छ ।

    आज बसेको नेपाल पक्षीय सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई पार्टीलाई विधान अनुसार चलाउन तथा सहमतिका साथ अगाडि बढाउन १३ घण्टा समय दिने निर्णय गरेको हो ।

    नेपाल समूहको नयाँ समयअनुसार अब एमालेको विवाद समाधान गरेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन ओलीले सोमबार बिहान ९ बजेसम्मको समय पाएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस