नेपालगञ्जका लागि उड्ने तरखरमा रहेको श्री एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा धसिएको छ ।
७६ यात्रु राखेर पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जानेक्रममा श्री एयरलायन्सको ड्यास– एट विमान पार्किङ क्षेत्रभन्दा बाहिर घाँसे मैदानमा पुगेको हो ।
१० बजे उडानका लागि अघि बढ्दै गरेको जहाजको एउटा टायर घाँसेमैदानमा धसिएको थियो ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जहाजको बायाँ पांग्रा (ल्याण्डिङ गियर) डोमेस्टिक पार्किङको पिचभन्दा तीन फिट बाहिर गएको छ । जहाज निकाल्ने काम भइरहेको छ । विमानस्थलको उडान र अवतरणमा भने कुनै बाधा परेको छैन ।
विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार नेपालगञ्जकालागि जहाजमा चढेका यात्रुलाई श्रीको अर्को विमानमा पठाउने तयारी भइरहेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।