• ११ लाख भारतीय रुपैयाँसहित एक व्यवसायी पक्राउ

  • इलाम । ११ लाख रुपैयाँ बराबर भारतीय नोटसहित इलामको सूर्योदय नगरपालिकाका—१० का एक व्यवसायी पक्राउ परेका छन् ।

    सूर्योदय नगरपालिका—१० का अनुप अग्रवाललाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले उक्त रकमसहित पक्राउ गरेको हो ।

    मे१च ६४२४ कार जाँच गर्ने क्रममा अग्रवालको साथबाट उक्त मूल्य बराबरको भारतीय नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारतीय नोटसहित पक्राउ परेका अग्रवाललाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

    अग्रवालले फिक्कल बजारमा व्यवसाय संचालन गर्दै आएका छन् । इलाम जिल्लामै भारतीय नोटको सटही काउन्टर छैन ।

    सटही काउन्टरको अभावमा व्यक्तिहरूले नै नोट सटही गर्ने गरेका छन् । अग्रवालले समेत सटही काउन्टरबिनै भारतीय नोट साट्ने गरेका बुझिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय