• प्रहरीद्वारा ७०० अक्सिजन सिलिण्डर नियन्त्रण

  • जनकपुर। प्रदेश–२ प्रहरी कार्यालयले ७ सय वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।

    स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको अक्सिजन सिलिण्डर प्रहरीले बरामद गरेको हो ।

    प्रहरीले स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि राखिएका १३२ वटा भरिएको र ५६८ वटा खाली सिलिण्डर नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई स्वास्थ्य प्रयोजनमा प्रयोग गर्नेगरी गरी बुझाइएको जनाएको छ ।

    स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि अक्सिजन सिलिण्डर स्टक गरी राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    साथै प्रहरीले कोरोना भाइरसको महामारीको वर्तमान विषम परिस्थितिमा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनको लागि स्टक नगरिदिन आग्रह गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति÷निकायमाथि प्रचलित ऐन कानून बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय