• लागुऔषधसहित तीनजना पक्राउ

  • संखुवासभा। खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

    जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताए।

    पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरुलाई गत शनिबार नै पक्राउ गरेको भए पनि आज मात्रै सार्वजनिक छ । प्रहरीले गत साउनमा अफिमसहित खाँदवारी–७ का जय चापागाईलाई पक्राउ गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय