• डेभिड र अर्डेमलाई चिकित्सातर्फको नोबेल पुरस्कार

  • काठमाडाैं। यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनलाई प्रदान गरिने भएको छ।

    स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेबापत अमेरिका र लेबनानका वैज्ञानिकले २०२१ को नोबेल जितेका हुन् । डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।

    “गर्मी, चिसो र स्पर्श महसुस गर्ने हाम्रो क्षमता अस्तित्वका लागि आवश्यक छ र यसले वरपरको संसारसँगको अन्तरक्रियालाई बलियो बनाउँछ’, नोबेल एसेम्बलीले विज्ञप्तिमा भनेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय