• कोरोना सङ्क्रमण दर १८ प्रतिशत, आज १० जनाको मृत्यु

  • काठमाडाैं। पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत छ ।

    पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी सङ्क्रमित भएको जिल्ला हुन् ।

    आज एक हजारले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।

    सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ ।

    हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् ।

    कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस