• ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

  • बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ हुन लागेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पहिलो पेशीमा चढेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।

    ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिएका हुन् ।

    नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन महत्वपूर्ण निर्णय भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस