• सङ्खुवासभा कांग्रेस सभापतिमा खड्का

  • नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । एक हजार १९८ मत ल्याएर खड्का विजयी भएका हुन् भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरे । खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गरे । खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका थिए ।

    उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ ल्याएर विजयी भए । सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भए । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो । जिल्ला कार्यसमितिमा ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २६ पदका लागि मतदान भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना आइतबार रातिबाट रोकिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय