

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
“पहाडी भू–भागमा वर्षाको सम्भावना रहेहको छ,” वरिष्ठ मौसमसवद् निराजन सापकोटा भन्छन्, “कर्णाली र सुदूरपश्चिममा धेरै मौसममा धेरै खुलीसकेको छ ।” उनका अनुसार काठमाडौंमा मौसम गए रातिदेखि नै गुम्म भए पनि ठूलो वर्षाको भने सम्भावना छैन । दिउँसो पानी परे पनि हल्का वर्षा मात्रै हुने उनको भनाइ छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ । मौसम विस्तारै खुल्दै गएकाले अबको केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको तर दिन भने अहिले नै तोक्न नसकिने उनी बताउँछन् ।
वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन हुन विभागले आग्रह गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
