• भारतले दिन बाँकी १० लाख खोप दशैं अघि ल्याइने

  • काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ ।

    भारतको खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए।

    दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ ।

    उनले भने, ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी दिएको छ, दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’ 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस