एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा विष्फोट भएको छ।
सो विष्फोटमा कैयौं नागरिक मारिएको वा घाइतेमात्र भएको बारेमा यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् ।
‘आज दिउँसो ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ’, तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् ।
‘हामीले ईदगाह ग्रेट मस्जिद बाहिर स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे ठूलो विष्फोटको आवाज सुनेका थियौं । अहिले यो ठाँउ पूरै सिल गरिएको छ’, एक प्रत्यक्षदर्शीले बताए ।
उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।
घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।