

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।
आइतबार भएको मतदानको मतगणनाअनुसार शाक्यले ७९६ ल्याएर विजयी भएका हुन् ।
उनी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् । रामचन्द्र पौडेल पक्षका उनलाई गगन थापासहितका नेताले पनि समर्थन गरेका थिए।
संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए । निर्वाचनमा संस्थापन इतर समूहकाे प्यानल नै विजयी भएको हो।
उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय