• कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

    corona death
  • डडेल्धुरा। अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

    असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

    वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस