• थाइल्याण्डमा उपचाररत वर्षमान पुनको स्वास्थ्यमा सुधार

  • थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

    चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्यधिक जण्डिसको मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ्य मानिसको रगतमा हुने बिलुरूविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए।

    अहिले बिलुरूविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न डा. नाथाभूत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले बताइन्। उनका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले बताइन् ।

    जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो। तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय