• सचिनको ‘ट्याङ्‍का भरी सुन’मा बले र मुन्नी

  • गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन् ।

    सार्वजनिक गीतको भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनय रहेको छ । भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ ।

    शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् ।

    गीतलाई लिएर गायक सचिन निकै उत्साहित छन् । गीत र भिडियो दुबैमा निकै मिहिनेत गरेकाले दर्शक/श्रोताको राम्रो साथ मिल्नेमा उनी विश्वस्त छन् ।

    भिडियोलाई ‘एम ८ म्युजिक फ्याक्ट्री’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    https://youtu.be/z5XB-14jsfU

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय