• बाबुराम–उपेन्द्र पक्षले ओलीको विपक्षमा मत दिने

  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा स्वविवेक प्रयोग गर्ने भएका छन्।

    पार्टीका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । संघीय परिषदका संयोजक डा.बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

    बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर डा.भट्टराई र उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मतको विपक्षमा मत दिनुपर्ने बताएका थिए ।

    दुई पक्षको मत बाझिएपछि मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस