गजलकार सुरेश वाग्लेको गजल’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिँदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । आफ्नो पहिलो गजल भएकाले यो वाग्लेको मनको नजिकै छ । उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।
यहीगीतमार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथमहुन सफल भएका थिए भने गीत पनि उतिकै सफल बनेको थियो ।
‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीतअझ यो जगल हो । तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ ।’
सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ । निकेश खड्काले गरेको भिडियोलाई बुद्ध लामाले खिचेका हुन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।