• सामूहिक राजीनामा जस्तो अपराधमा कोही संलग्न नहुनू : प्रम ओली

  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा अपराध भएको भन्दै त्यस्ता काममा सहभागी नहुन आग्रह गरेका छन् ।

    आज विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुको स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।’

    ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’, उनले भनेका छन्, ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट सोमबार विश्वासको मत लिन लगोपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ ।

    माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामाको तयारी गरेपछि विज्ञप्ति जारी गर्दै पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस