• अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

  • सर्वोच्च अदालतले अवहेलना मुद्दामा चारजना पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिएको छ ।

    अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइको हो ।

    ओलीले पुस ५ गते बहुमतको सरकार सञ्चालन गरिरहेको समयमा पार्टीको आन्तरिक विवादलाई देखाउँदै प्रतिनिधि सभा विघटन गरेका थिए ।

    उक्त कार्य संविधानविपरीत भएको भन्दै पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएका थिए। त्यसविरुद्ध माघ १४ गते सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय