• कांग्रेस महाधिवेशन : महाधिवेशन प्रतिनिधिमा गोरखा क्षेत्र नम्बर १ मा यी हुन् चर्चामा रहेका नेता

  • गोरखा । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा होमिएको छ । त्यसैको लागि वडा, पालिका हुँदै क्षेत्र र जिल्ला तहको अधिवेशन हुँदै छ ।

    गोरखामा पनि क्षेत्र र जिल्लाको अधिवेशनको लागि आज मनोनयन हुँदै छ भने भोलि निर्वाचन प्रक्रिया सुरु हुने छ । पालिका तथा वडा तहको निर्वाचनमा धेरै जसो स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेको गोरखा कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतका पदमा भने निर्वाचन प्रक्रियाबाट टुंग्याउने छ । निर्वाचन आफैँमा लोकतान्त्रिक पार्टी कांग्रेसको मेरुदण्ड हो ।

    क्षेत्र नम्बर १ मा यसपटक पनि समाजमा राजनीतिक तथा सामाजिक हिसाबले क्रियाशील व्यक्तिहरु महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । र उनीहरु बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।

    अहिले जिल्ला सचिव रहेका नन्दप्रसाद न्यौपाने महाधिवेशन प्रतिनिधिका लागि बलियो उम्मेदवार हुन । उनी जिल्ला सभापतिको लागि पनि बलियो दाबेदारका रुपमा देखिएका छन् । कांग्रेसका युवा नेता तथा सफल पर्यटन व्यवसायी राजेन्द्र बज्गाईँ, युवा नेता तथा गोरखा नगरपालिकाका मेयर समेत रहेका राजनराज पन्त, भीमसेन थापा गाउँपालिकाका ईश्वर पाण्डे, किरण श्रेष्ठ, विश्वदेव श्रेष्ठ, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, पनि महाधिवेशन प्रतिनिधिको बलियो उम्मेदवारको रुपमा चर्चामा छन् । त्यस्तै चिरन्जीवी वाग्लेका पुत्र देवेन्द्र वाग्ले पनि महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारकाे रूपमा चर्चामा छन् ।

    त्यस्तै प्रेम खत्री पनि चर्चामा छन् । अहिले क्षेत्रीय सभापति रहेका धीरन थापा र डिल्लीराम तिमिल्सीना पनि महाधिवेशन प्रतिनिधिको बलियो उम्मेदवारको रुपमा देखिएका छन् । त्यस्तै खस अर्याबाट भीमप्रसाद अर्याल बलियो उम्मेदवार छन् । उनी यस क्षेत्रका पाका नेता मानिन्छन् ।
    अर्याल नेपाली कांग्रेसका त्यागी र अहिलेसम्म कुनै पनि लाभको पद नलिएका नेता हुन् ।
    फणिन्द्र भट्ट, चित्र भट्ट, युवराज न्यौपाने खस आर्यको प्रतिस्पर्धामा हुनेछन् । खस अार्य महिलातर्फ जानुका अधिकारी, सरिता भट्ट, अग्रपंतिमा रहेकाे कांग्रेस नेताहरू बताउँछन् ।

    अल्पसंख्यकबाट ओमहरि घले, महाधिवेशन प्रतिनिधि लडदै छन् । जनजातिबाट तमुछोँजधीका अध्यक्षसमेत रहेका रेशम गुरुङ, चुमनुब्री गाउँपालिकाका अध्यक्ष समेत रहेका धनबहादुर गुरुङ र धर्मेन्द्रकाजी श्रेष्ठको चर्चा छ ।

    त्यस्तै चार जना कोटा रहेको खुला महिलातिर कमला लामिछाने, जानुका पन्त, कल्पना नेपाली लगायत महिलाहरुको चर्चा छ । जनजाति महिलातर्फ पुष्पा श्रेष्ठ, फुलमायाँ गुरुङको चर्चा छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय