• ओलीका प्रतिनिधीसँग वार्ता टुङ्‍ग्याएर माधव नेपालले डाके आफू निकट सांसद

  • नेकपा एमालेको विभाजन रोक्ने अन्तिम वार्ताको रुपमा लिएको ओलीपक्षका नेता र माधवकुमार नेपाल बीचको वार्ता परिणाम बिहिन भएको छ । वार्ता परिणाम बिहीन भएर टुंग्याएपछि पनि माधव नेपालले वार्ताका विषयमा जानकारी गराउन र थप रणनीतिमा छलफल गर्न आफू पक्षका सांसदहरूलाई बोलाएका छन् ।

    माधव पक्षका सांसदहरूले शनिबार नै राजीनामा गरेर आफ्नो नेतालाई बुझाइसकेको अवस्थामा ओली पक्षले रोक्ने प्रयास गरेको संकेत मात्रै गर्न खोजेको छ । पार्टी फूटको अपजस लिन नचाहेको कारण नेपालले पनि उपयुक्त समयमा मात्रै राजीनामा बुझाउने र पार्टी नफुटाउन प्रयास गरेको देखाउन खोजेका छन् ।

    तत्काललाई माधव नेपाल पक्षबाट प्रत्यक्ष निर्वाचित २० जना सांसदले राजीनामा दिने तयारी गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस