• बुद्ध एयरका पाइलट शेर्पालाई ७२ घण्टा विमान उडाउन रोक

  • बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टाका लागि उडानमा रोक लगाएको छ ।

    अन्तर्राष्टिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको हो ।

    दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुनसक्ने मानसिक तनावलाई ख्याल गरेर उनलाई केही दिन विदामा बस्न भनिएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए । उनले आइकाओको नियम पनि त्यस्तै रहेकोले सोहिअनुसार नै पाइलट शेर्पालाई केही दिन आराम गर्न भनिएको जानकारी दिए ।

    सोमबार विहान बुद्ध एयरको ९–एनएएनआई एटिआर जहाजको चक्का (ल्याण्डिङ गेअर) डाउन नभएको र थ्रि ग्रिन सिग्नल नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा अवतरण गर्न सकेका थिएनन् ।

    त्यसपछि काठमाडौंको आकाशमा केही फन्को मारेर पाइलट शेर्पाले त्रिभुवन अन्तर्राट्रिय विमान स्थलमा सहज अवतरण गराएका थिए। उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय