![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/09/Sunrise_Manaslu22wiki_a664pW7Am9.jpg)
नेपाल भ्रमणमा आएका क्यानाडाका एक नागरिकको गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा मृत्यु भएको छ।
क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिमाल आरोहणको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेपछि उनको मृत्यु भएको हो।
हिमाल आरोहणका क्रममा अचानक ढलेर बेहोस भएपछि तत्कालै उनको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।
उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणमा गएका थिए। उनको शव कैलाश एअरको हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय