• याक एण्ड यतीमा मृत अवस्थामा भेटिए कतारी नागरिक

  • काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक
    व्यक्तिको शव फेला परेको छ।

    होटलको एक कोठामा कतारी नागरिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने जानकारी होटलमा गराएका थिए । तर उनी दिउँसोसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए ।

    ढोका भित्रबाट लक गरिएको र नखोलेपछि खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । घटनाबारे कतारी दूतावासलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय