• मुम्बईमा भेटिएको अवैध युरेनियमबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न पाकिस्तानको माग

  • एजेन्सी। मुम्बईमा बरामद भएको ७ किलो अवैध युरेनियमका विषयमा पाकिस्तानले चिन्ता प्रकट गरेको छ।

    पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतमा एक अनाधिकृत व्यक्तिबाट ७ किलो अवैध युरेनियम बराबद भएको विषयले हामीलाई चिन्तित बनाएको छ । अनाधिकृत रुपमा यति ठूलो परिमाणमा युरेनियम कसरी बाहिर आयो भन्ने विषयमा गम्भीरतापूर्वक जाँच हुनुपर्छ ।’

    महाराष्ट्रको विशेष सुरक्षा दस्ता (एटीएस) ले ७ किलोग्राम युरेनियमसहित २ जनालाई पक्राउ गरेको थियो । एटीएसका डीआईजी शिवदिप लान्डेले पक्राउ गरेका दुवै युवक जिगर पाण्ड्या र अबु ताहिर युरेनियम बेच्ने कोशिसमा थिए ।

    सोही क्रममा ग्राहक बनेर उनीहरुलाई सुरक्षा फौजले पक्राउ गरेको हो। दुई युवकबाट बरामद भएको युरेनियमको मुल्य २० करोडभन्दा बढी पर्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस