![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/05/accident-bus.jpg)
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा भारतीय आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवालको भक्तपुर अस्पतालमा उपचारपछि घर आजै घर फर्किएको उनले जानकारी दिए ।
नगरकोट व्यासी सडक हुँदै सल्लाघारी चोकबाट थिमितर्फ जान लागेको मोटरसाइकललाई सूर्यविनायकबाट राधेराधेतर्फ तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको १८ चक्के टेलर गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा तीव्र गति र पानी परिरहेका कारण बाटो चिप्लो भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै उनले दुर्घटनामा परेको मोटरसाइकल, टेलर र चालक भारत राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)