• फुटको डिलमा एमाले, सामूहिक राजीनामा दिने माधव पक्षको निष्कर्श

  • सत्तारुढ नेकपा एमाले अन्तत: फुट कै बाटो रोजेको छ । फुटको डिलमा पुगेको अवस्थामा दोस्रो तहका नेताहरूले पार्टी मिलाउने प्रयास गरेका थिए ।
    ती नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली कत्ति पनि लचक नबनेको अवस्थामा पार्टी एक गराउन नसकिने निष्कर्श निकालेका छन् । अति लचक हुँदासमेतओली पक्षका वार्तमा बसेका नेताहरूले निर्णय दिन नसक्ने र सोधेर दिने जबाफमा पनि वे वास्था गरेपछि नेपाल पक्ष विकल्प खोजीमा लागेको हो ।
    नेपाल पक्षका एक नेताका अनुसार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरूले आफ्नो नेतालाई संसद सदस्यको राजीनामा पत्र बुझाइ सकेका छन् । २० जना सदस्यले दिएको राजीनामा आइतबार संसदमा दर्ता गराउने तयारी गरिएको छ ।
    सोमबार मात्रै संसदमा प्रधानमन्त्रीले विश्‍वासको मत देखाउन खोजेका छन् । यस्तो अवस्थामा एमालेका २० सांसदले राजीनामा दिने केहीले फ्लर क्रश गर्ने तथा विपक्षी गठबन्धन एक भएको अवस्थामा ओली विश्वासकोमत नपाउने निश्चित प्राय छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस