प्रदेश नम्बर २ सरकारले जितिया पर्वको अवसरमा आगामी असोज १३ गते बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन्।
प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना पनि गरिएको उल्लेख छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।