• नेकपा एकीकृत समाजवादीबाट बन्दै छन् यी ६ जना मन्त्री, रामकुमारी झाँक्रीदेखि प्रेम आलेसम्म

  • काठमाडाैँ ।नेकपा (एकीकृत समाजवादी) ले आफ्ना तर्फबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरूको नाम लगभग चयन गरेको छ। 

    स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीबाट विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरिएको हो।

    एकीकृत समाजवादीले ६ वटा मन्त्रालय पाउँदै छ। बाँकी एक मन्त्री भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनालाई पठाउने तयारी भएको स्रोतले जानकारी दिएको छ। 

    आज बिहानै पदाधिकारी बैठक बसेर मन्त्रीहरूको नामको अन्तिम टुंगो लाग्ने नेकपा एकीकृत समाजवादीका एक नेताले बताएका छन्। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस