• ‘जता खीर उतै भीर’ भन्दै एमाले युवाका उपाध्यक्षले दिए राजीनामा

  • काठमाडौं । ‘जता खीर उतै भीर’ भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष संजीव कुमार सुरज झाले पदबाट राजीनामा दिएका छन् ।

    पार्टीलाई विधि विधान विपरित संचालन गर्दा आन्दोलन नै संकटमा परेको आरोप लगाउँदै उपाध्यक्ष झाले पदबाट राजीनामा दिएको बताएका छन् । उनले अवसरवादी र सामन्तीहरू विरूद्ध निर्णायक संघर्ष जारी रहने पनि राजीनामामा जनाएका छन् ।

    उपाध्यक्ष झाले माओवादीबाट आएकाहरुलाई व्यवस्थापन गर्नुको साट्टा पाखा लगाउने काम भएको प्रति पनि असन्तुष्टि जनाएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय